२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

टिचिङ अस्पतालमा विस्फोट

काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा विष्फोटको आवाज आएको छ । बुधबार मध्याह्न अस्पताल परिसरमा विस्फोटको ठूलो आवाज सुनिएपछि अस्पतालमा रहेका मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार प्राविधिक समस्यापछि एसीको पाइप पड्किएको उनले बताए । कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको र त्यसको प्राविधिक जाँच भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस