२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सन्दीप लामिछानेको पक्षमा नाराजुलुस गरेपछि सर्वोच्च परिसरबाट तारा बराल पक्राउ

Tara Baral was arrested from the Supreme Court after protesting in favor of Sandeep Lamichhane

काठमाडौं । बलात्कारको आरोपमा ८ वर्ष कैद तोकिएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराजुलुस गर्ने तारा बरालसहित ६ जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई न्याय माग्दै सर्वोच्च परिसर पस्न खोजेपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा पनि प्रदर्शन गरेका थिए। क्रिकेटर लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको छ। फैसला चित्त नवुझाएर लामिछाने र सरकारी वकिल दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन्। लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन्।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस