२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपाललाई दोस्रो झट्का, मात्र तीन बलभित्र दुई विकेट गुम्यो

Kushal Bhurtel is out after completing his half century

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपाल ३ बलमा २ विकेट गुमाएपछि सुरुवाती दबाबमा आएको छ।

दोस्रो विकेटका रूपमा अनिल शाह डक आउट हुन पुगेका छन्। नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको हो। तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल बोल्ड हुन पुगे। उनले ४ रन मात्र जोडे।

सोही ओभरको चौथो बलमा अनिल शाह ‘टप एज’ लागेर क्याच आउट हुन पुगे। तान्जिम हसन सकिबले दुवै विकेट लिए। नेपालले तीन ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको छ।

 

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस