२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

झुम्का कारागारलाई निबर्तमान मन्त्री चौधरीको सहयोग

इटहरी / सुनसरी / सुनसरीको झुम्कामा रहेको कोसी प्रदेशकै सबै भन्दा ठुलो कारागार झुम्का कारागार लाई निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय भगवती चौधरीको पहलमा जस्ता पाता सहयोग गरिएको छ ।

आज झुम्का कारागार मा आयोजित एक कार्यक्रमका बिच सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संसद् समेत रहेकी चौधरीको पहलमा डेभलपमेन्ट सोसाइटीको सहयोग र दिनेश चौधरी स्मृति प्रतिष्ठानको सहकार्यमा १५ बन्डल जस्ता पाता सहयोग हस्तान्तरण गरिएको हो ।

विगतमा कारागार निरीक्षणमा आउँदा कारागारमा कैदी बन्दी बस्ने ठाउको छाना चुहिने भएको, रात भरी आरी,बाल्टी थापेर रात कटाउनु परेको भन्दै कैदी बन्दी र कारागार प्रशासनले गुनासो गरेको र आंफुले विभिन्न सङ्घ संस्था सँगको सहकार्यमा सहयोग गरेको भन्दै निबर्तमान मन्त्री चौधरीले आंफुले २५-३० बन्डल सहयोग गर्न चाहेको तर अहिले लाई १५ बन्डल मात्र भएको तर यो सहयोगको क्रम निरन्तर रहने भन्दै आगामी दिनमा पुन सहयोग गर्ने भन्दै कारागार प्रशासन लाई आश्वस्त पार्नु भयो ।

निवर्तमान मन्त्री चौधरीले कारागार परिसर भित्रको भौतिक संरचना ज्यादै कमजोर अवस्थामा रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो, कारागार भित्रको बाटो, खानेपानी, खेलकुदका क्षेत्रमा राज्यले लगानी गर्नु पर्ने बताउनु भयो।

कार्यक्रम पस्त्चात निवर्तमान मन्त्री चौधरीले कारागारमा कैदी जीवन बिताइरहेका हरूसँग कुराकानी गर्दै समस्या,गुनासो सुन्नु भएको थियो र को कसरी के कारण कारागार सम्म आइपुगे भनेर जानकारी समेत लिनु भएको थियो साथै कैदी बन्दी हरूलाई फलफूल समेत वितरण गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै राम धुनी नगरपालिका उप-मेयर तारा थापाले कारागारको छानो फेर्ने कार्य ठुलो पुण्यको काम भएको भन्दै कारागारमा कैदी जीवन बिताइरहेका हरुले मात्र हैन तिनका आफन्तले पनि जीवनभर यो पुण्य कार्य सम्झी रहने भन्दै प्रशंसा गरेको थिइन।

कार्यक्रममा राम धुनी नगरपालिका उप-मेयर तारा थापा, कारागार प्रमुख जेलर , स्थानीय समाजसेवी तथा बुद्धिजीवी हरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस