२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन, रविले राजीनामा दिनुपर्छ : डा. मुकुल ढकाल

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्छ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाउनुभएको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस