२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुपर ओभरमा विराटनगर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको पोखराले लगातार दुई छक्का र एउटा चौका प्रहार गर्दै १८ रन बनाएको थियो । तर, १९ रन लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा ५ रनमात्रै बनाएपछि पोखरा विजयी भएको हो ।

यसअघि १४० रन पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस