२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमा २८ सांसदका ९६ संशोधन प्रस्ताव

१४ पौष, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ मा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथी भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।

भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथी १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रुपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ ।

dhitopatra-sansodhan-bidhyayek-prastab

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस