२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बालगायक सचिन परियारको दु:खद निधन

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सचिन अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो। भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस