२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महिला टी–२० सिरिजमा नेपालको लगातार चौथो हार, उपाधि सम्भावना के छ ?

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृङ्खला जारी छ। मङ्गलबार कीर्तिपुरमा भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित हुँदै लगातार चौथो हार बेहोरेको छ, जससँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

१०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १०१ रन मात्र बनाउन सक्यो। कप्तान रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले अविजित १९ र पूजा महतोले १८ रन बनाए। थाइल्यान्डकी थिपात्चा पूथावोङले १० रन खर्चेर चार विकेट लिइन्।

यसअघि, थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। चनिदा सुथिराङले २७, थिपात्चा पूथावोङले २५ र नानपत कोन्चारोन्काइले १९ रन बनाए। नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन्। लगातार चौथो जितसँगै थाइल्यान्ड ८ अङ्कसहित शीर्षस्थानमा रहँदा नेपाल अङ्कविहीन छ। नेपालले अब बाँकी खेलमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस