२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

करिनाको रहस्यमय पोस्ट भाइरल : विवाह र सम्बन्ध विच्छेदबारे यस्तो खुलासा

मुम्बई । बलिउड अभिनेत्री करिना कपूरले इन्स्टाग्राममा एक रहस्यमय पोस्ट सेयर गरेकी छिन्। अभिनेता सैफ अली खानमाथि आक्रमण भएपछि उनको यो दोस्रो अनौठो पोस्ट हो।

करिनाले लेखेकी छिन्, “विवाह, सम्बन्धविच्छेद, चिन्ता, बच्चा जन्माउनु, प्रियजनको मृत्यु – यी सबै वास्तविक रूपमा बुझ्न सकिन्न जबसम्म तपाईं आफैं त्यस्ता परिस्थितिमा पर्दैन। जीवनले तपाईंलाई नम्र नबनाएसम्म तपाईंलाई लाग्छ कि तपाईं अरूभन्दा बुद्धिमान हुनुहुन्छ।”

यसअघि सैफमाथि भएको आक्रमणपछि करिनाले मिडियालाई सीमाको सम्मान गर्न आग्रह गर्दै परिवारलाई आवश्यक समय दिन अनुरोध गरेकी थिइन्।

मुम्बई प्रहरीले सैफमाथि आक्रमण गर्ने अभियुक्तहरूको औंठाछापको नमूना अनुसन्धानका लागि पठाएको छ। केही नमूना मिले पनि अन्तिम रिपोर्टको प्रतीक्षा भइरहेको छ।

 

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस