२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रकृति लम्सालको मृत्युप्रति भारतको विदेश मन्त्रालय बल्ल बोल्यो

काठमाडौँ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) होस्टलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युप्रति भारतको विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले साप्ताहिक मिडिया ब्रिफिङमा नेपाली छात्राको मृत्युप्रति आफूहरू दुःखी भएको बताएका हुन्। उनले भने, ‘हामी नेपाली छात्राको दुखद मृत्युबाट ज्यादै दुःखी छौँ। उनको परिवारप्रति समवेदना व्यक्त गर्छौँ।’

भारत सरकारले आफ्नो देशमा सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा रााखेको जायसवालले बताए। उनले भने,‘घटना बाहिर आएसँगै विदेश मन्त्रालय ओडिसा सरकार र केआईआईटीका अधिकारीहरूसँग लगातार सम्पर्कमा छ। हामी नेपालका अधिकारीहरूसँग पनि लगातार सम्पर्कमा छौँ।’

केआईआईटीमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सा लगत आइतबार होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। लम्सालले आत्महत्या गरेको ओडिसा प्रहरीको भनाइ छ।

यो घटनाप्रति आक्रोशित बनेका नेपाली विद्यार्थीहरूले विश्विद्यालयविरूद्ध प्रदर्शन गरेका थिए। लम्सालसँगै अध्ययनरत एक भारतीय छात्र उसलाई प्रताडित गरिरहेका थिए। उनकाविरूद्ध गुनासो गरे पनि विश्वविद्यालय प्रशासनले कारबाही नगरेको नेपाली विद्यार्थीहरूको आरोप छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस