२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पचास पैसामा बीमा, स्वास्थ्य मन्त्रीले सुनाए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुपर्ने बताएका छन्। झापाको बुद्धशान्तिमा उनले बीमाको आर्थिक संकट समाधानका लागि नयाँ व्यवस्था आवश्यक रहेको बताए।

मन्त्री पौडेलका अनुसार अघिल्लो वर्षको बीमा दायित्व ११ अर्ब रुपैयाँ भए पनि चालु वर्षका लागि मात्र साढे ७ अर्ब बजेट छुट्याइएको छ। यदि बीमा यही रूपमा निरन्तर चलाउनु परे सरकारलाई ४० अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताए।

यसै सन्दर्भमा उनले नागरिकको प्रत्यक्ष सहभागिता बढाउन रिचार्ज कार्ड खरिदमा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे। साथै, तलव खानेले आफ्नो आम्दानीको १.५% योगदान गर्ने, कर तिर्नेले ०.५% दिनुपर्ने र अन्य नागरिकले प्रिमियम तिरेर सहभागी हुनुपर्ने उनको धारणा छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस