२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

फेरी पनि सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो ।

शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यस्तै, बिहिबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस