२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रहरीले भन्यो- जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, १४ प्रहरी गम्भीर घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा १७ र उपत्यका बाहिर २ जना गरी १९ जनाको मृत्यु भएको हो।

त्यस्तै हालसम्म १३३ जना घाइते मात्रै अस्पतालमा उपचारमा रहेको र अन्य सबैको डिस्चार्ज भएको प्रहरीको भनाइ छ। प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४१ प्रहरी जना घाइते भएका छन्। नेपाल प्रहरीका ३८ जना घाइते भएको र त्यसमध्य १४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

त्यस्तै सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन्। प्रदर्शनमा कति गोली चलाउन परेको थियो भन्ने चाहिँ प्रहरीले खुलाउन चाहेको छैन।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस