२०८२ असोज ४ गते शनिवार | 2025 September 20th Saturday

काठमाण्डौँका यी क्षेत्रमा आज दुई घण्टा विद्युत नआउने

काठमाण्डौ । काठमाण्डौको सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटीलगायतका क्षेत्रमा आज दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण दरबारमार्गका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र चोकको आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

यस्तै दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । भूमिगत केबल सम्बन्धि कार्य गर्न लागिएकाले विद्युत आपूर्ति बन्द गर्न लागेको सूचनामा उल्लेख छ ।

निर्धारित समय अगाडि नै काम सम्पन्न भए विद्युत सेवा शुरू हुने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस