२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गृहमन्त्रीको बोल्ड निर्णय : ६ पूर्वप्रधानमन्त्रीसहित भिभिआइपी सर्कलमा हंगामा मच्चियो

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी सुरक्षा व्यवस्था फिर्ता गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले स्वीकृत मापदण्डबाहेक प्रदान गरिएका सुरक्षाकर्मीहरू तत्काल फिर्ता बोलाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको हो। मन्त्रालय स्रोतका अनुसार यो निर्णय अहिले कार्यरत पदाधिकारीहरूमा पनि लागू हुनेछ।

प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहानसम्म मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता गरिसक्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस