२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

हलचल ल्याउने गृहमन्त्रालयका निर्देशन : ७७ वटै सिडिओलाई ११ शीर्षकमा ७ पेज लामो आदेशपत्र जारी

काठमाडौँ — गृहसचिव रामेश्वर दंगालले देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई व्यापक निर्देशन दिएका छन्। आइतबार सचिवस्तरीय निर्णय गर्दै उनले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहदेखि व्यक्तिगत आचरणसम्मका विषयमा सचेत र सक्रिय रहन आदेश दिएका हुन्।

दंगालले नागरिकमा सरकारप्रतिको भरोसा र विश्वास अभिवृद्धि गर्न सिडिओहरूलाई जिम्मेवार र परिणाममुखी कार्यशैली अपनाउन आग्रह गरेका छन्। उनले निर्देशनपत्रमा ११ शीर्षकमा विस्तृत ७ पृष्ठ लामो आदेश जारी गरेका छन्।

निर्देशन अनुसार, शान्ति सुरक्षा शीर्षकमा ९ बुँदा, अपराध नियन्त्रणमा ३ बुँदा, निर्वाचनमा ५ बुँदा, सुशासन र प्रभावकारी सेवा प्रवाहमा १० बुँदा, विकास व्यवस्थापनमा १ बुँदा, कारागार प्रशासनमा ३ बुँदा, विपद् व्यवस्थापनमा ३ बुँदा, आपूर्ति व्यवस्थापनमा ३२ बुँदा, अनुगमन निरीक्षणमा ७ बुँदा, कार्यक्रम व्यवस्थापनमा १० बुँदा र विविध शीर्षकमा ८ बुँदा समावेश छन्।

सचिव दंगालको यो निर्देशन उपसचिव रविन्द्र आचार्यमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाइएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस