२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

राजेश हमालले विवाहको ११ वर्षपछि खुलेर बताए बच्चा नजन्माउनुको कारण

काठमाडौं। ११ वर्षअघि विवाह गरेका राजेश हमाल र मधु भट्टराई बच्चा कहिले जन्माउने भन्ने प्रश्न बारम्बार सामना गर्दै आएका छन्। भर्खरै प्रकाशित आफ्नो आत्मकथा ‘युगदेखि युगसम्मः जीवन, सिनेमा र समाज’मा हमालले सन्तान नजन्माउने निर्णयको कारण खुलाएका छन्।

लेखक यज्ञशसँगको अन्तर्वार्तामा हमालले भने, ‘‘अहिले त उमेरका हिसाबले पनि यस्तो अवस्थामा छु कि जीवनका बाँकी समय आफूमा खर्चिऊँ कि अरुमा समर्पित गरुँ! सन्तान हुर्काउन जिम्मेवारी, समय र समर्पण आवश्यक पर्छ।’’ उनले थपे, ‘‘हामी दुईजनाले सल्लाह गरेर नै सन्तान नजन्माउने निर्णयमा पुगेका हौं।’’

तर, बच्चा एडप्टेसन गर्ने सम्भावना भने खुला रहेको उनले बताए। कुनै अवसर आएमा बालक वा बालिकाको सहारा बन्न पछि नहट्ने भए पनि योजनाबद्ध रुपमा एडप्टेसनतिर लागेका छैनन्।

हमालले ढिला विवाह गर्नुको कारण पनि सन्तान जन्माउने कुराप्रति बेग्लै सोच भएको बताए। मधु भट्टराईले पनि यसमा साथ दिएका छन्।

भर्खरै प्रकाशित आत्मकथामा उनले नीजि जीवन, चलचित्र यात्रा, संघर्ष र सफलताबारे खुलस्त रूपमा चर्चा गरेका छन्। पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस