२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

एलिना चौहानको अमेरिका काण्ड भाइरल : आयोजकले घरमै लगी मदिरा सेवन गरेर यतिसम्म गरे

ठमाडौं — अमेरिकामा आयोजित ‘अब सुन्छ अमेरिका’ सांगीतिक कार्यक्रममा सहभागी गायिका एलिना चौहानले आयोजक फ्लाइ नेपा ट्राभल्सका संचालक विनोद अधिकारीमाथि दुर्व्यवहार र मानसिक यातनाको आरोप लगाएकी छिन्।

साढे दुई महिनाको अमेरिकी टुर सकेर नेपाल फर्किएकी चौहानका अनुसार, अधिकारीले आफू र अन्य कलाकारसँग ‘नोकरजस्तो व्यवहार’ गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।’

एक अनलाइनसँग कुरा गर्दै चौहानले भनिन्, ‘धेरै मानसिक टर्चर दिएपछि बाँकी दुई कार्यक्रम नगरी नेपाल फर्किएँ। आफैंले टिकट काटेर आएको हुँ।’ उनले अमेरिकी कार्यक्रममा दर्शकबाट महँगो टिकट मूल्य असुलेर कलाकारहरूलाई केवल २० प्रतिशत मात्र तिरेको दाबी पनि गरिन्।

एलिनाका अनुसार आयोजकले कलाकारहरूलाई व्यवस्थित आवास समेत नदिएको थियो। ‘होटलमा राख्छु भन्नुभयो, तर साढे दुई महिनामा विभिन्न घरमा राख्नुभयो। १५ दिन पनि होटलमा राख्नुभएन,’ उनले बताइन्।

त्यसैगरी, अधिकारीले मदिरा सेवन गरेर व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको र धम्की दिएको एलिनाले आरोप लगाइन्। ‘चार–पाँचपटक रोएँ,’ उनले भनिन्।

अर्कोतर्फ, विनोद अधिकारीले विज्ञप्ति जारी गर्दै कार्यक्रम ‘सफलतापूर्वक सम्पन्न भएको’ दाबी गरेका छन्। उनले लेखेका छन्, ‘कलाकारहरूसँगको शर्त र बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु।’

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस