२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

देशभर मौसम सफा रहने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस