काठमाडौं । नेपालका सबै वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि औसत ब्याजदर घटाउने निर्णय गरेका छन् । यसले बैकमा बढ्छ भनेर खाता खोलेकारुलाई झट्का लागेको छ । आइतबार प्रकाशित सूचनाअनुसार, २० मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।
दश बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको छ । प्राइम कमर्सियल, एनआईसी एसिया, कुमारी, सिद्धार्थ, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, नबिल, नेपाल एसबीआई र सानिमा बैंकले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकी १० बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर एनआईसी एसिया बैंकले घटाएको छ । एनआईसी एसिया बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एसियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले तोकेको छ । व्यक्तिगत निक्षेपमा ग्लोबल आईएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.७ प्रतिशत ब्याज दिने भएको छ ।
कुनको कति ?


