काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा बुधबार एउटामात्र खेल हुँदैछ । आज अपरान्ह चौथो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुनेछ । काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हुनेछ भने सुदूरले पहिलो खेल खेल्न लागेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।
काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो ।
प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार

