२०८२ मङ्सिर १७ गते मङ्गलवार | 2025 December 2nd Tuesday

आजपनि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार (आज) बढे ३ हजार ५३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस