२०८२ फाल्गुन १ गते शुक्रवार | 2026 February 13th Friday

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ । त्यस्तै आज दोस्रो खेल समुह डी अन्तर्गत क्यानडा र युएईबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

त्यसैगरी आज तेस्रो खेल समुह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अंक हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस