२०८२ चैत्र १६ गते सोमवार | 2026 March 30th Monday

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ७२० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस