२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९४५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस