२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५५ रुपैयाँले बढेर तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस