२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

२० बर्ष ८ पटक मन्त्री र ५ पटक सांसद भएका एमाले उपाध्यक्ष विष्णु पक्राउ गर्नुको यस्तो छ कारण

काठमाडौं — आठ पटक मन्त्री र पाँचपटक सांसद बनेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेको छ। पक्राउ गर्नुअघि विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेर कागजात बरामद गरेको थियो।
पौडेलमाथि राज्य संयन्त्रमा रहँदा व्यापारिक तथा स्वार्थ समूहको हित हुनेगरी काम गरेको र त्यसपछि विभिन्न ढंगबाट लाभ लिएको आरोप छ। विभाग स्रोतका अनुसार, सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे प्रमाण संकलनका क्रममा पौडेलमाथि अनुसन्धान बढाइएको हो।
उनलाई नेपालगञ्जमार्ग हुँदै काठमाडौं ल्याइएको छ । मंगलबार विशेष अदालतमा म्याद थपका लागि पेश गरिनेछ।
पौडेल आठ पटक मन्त्री बनेका छन्, जसमा पाँचपटक अर्थमन्त्री र तीनपटक उपप्रधानसहितका पद सम्हालेका थिए। उनी २०८२ फागुनको चुनावमा रुपन्देही–२ बाट पराजित भएपछि संसदबाहिर छन्। हाल उनी पार्टी पुनर्गठन अभियानमा सक्रिय थिए। २०५३ सालपछि उनी २०८२ सालसम्म पद नै पदमा बसेका थिए ।

 

प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस