काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहीबार घटेर ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार

