२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

खुफिया सूचना : इरानले ट्रम्पको हत्या नै गर्ने योजना बनायो

काठमाडौं । इजराइलले अमेरिकालाई दिएको खुफिया सूचनामा इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्ष्य गर्ने योजना बनाएको खुलासा भएको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले यो जानकारी सार्वजनिक गरेको हो। सूचना सही ठहरिए वासिङ्टन–तेहरानबीचको तनाव अझ चर्किने सम्भावना छ। इसराइली दूतावास र संयुक्त राष्ट्रसंघस्थित इरानी नियोगले तत्काल प्रतिक्रिया दिएका छैनन्।

टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले पनि आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए। उनले भने, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको सूचीमा छु।”

इरानले सन् २०२० मा अमेरिकी आदेशमा मारिएका आईआरजीसी कमान्डर कासिम सुलेमानीको बदला ट्रम्पसँग लिने चेतावनी वर्षौंदेखि दिँदै आएको छ। फेब्रुअरीमा अमेरिकाले इजराइलसँग मिलेर इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च अधिकारीहरूको हत्या गरेको थियो। यस घटनापछि इरानी समर्थकहरूले ट्रम्पविरुद्ध नाराबाजी गर्दै ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने ब्यानरसमेत प्रदर्शन गरेका थिए। इरानलेपनि खुनको बदला खुन नै भनेर सिँधै भनेको नै छ । टर्कीबाट फर्कने क्रममा ट्रम्पले सुरक्षा सतर्कता अपनाउँदै नयाँ विमानको सट्टा पुरानो ‘एयर फोर्स वान’ प्रयोग गरेका थिए। सिक्रेट सर्भिसको आग्रहमा गरिएको यो कदम सतर्कताका लागि मात्र भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस