२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

जम–जम दाजुभाइ को हुन् ? किन छ दुबईदेखि काठमाडौंसम्मको क्रेज

काठमाडौं – पाकिस्तानको गुजरातका मूल निवासी अब्दुल गफुर (बडेभाइ) र मोहम्मद कुर (छोटे भाइ) शुक्रबार काठमाडौं ओर्लिनासाथै भव्य स्वागत पाए। उनीहरू सुन्धारास्थित सिभिल मल पुगेपछि फ्यानहरूको भीडले गज्जबको क्रेज देखायो। २०१३ मा दुबईमा सुरु गरेको जम–जम इलेक्ट्रोनिक्स आज मोबाइल, ल्यापटपदेखि रियल स्टेट र जमजम पर्फ्युम्ससम्म फैलिएको छ। युट्युबमा ८ करोडभन्दा बढी सब्सक्राइबर, इन्स्टाग्राममा करोडौँ फलोअरले उनीहरूलाई दक्षिण एसियाकै चर्चित इन्फ्लुएन्सर बनाएका छन्।

दाजुभाइबीचको रमाइलो सम्बन्ध, हास्य, ग्याजेट प्रदर्शन र गिभअवेले उनीहरूलाई भारत, पाकिस्तान, नेपाललगायत देशमा भाइरल बनाएको छ। सामान्य पसलबाट सुरु भएको व्यवसाय आज विश्वव्यापी ब्रान्डमा परिणत भएको कथा धेरैलाई प्रेरणादायी बनेको छ। काठमाडौं भ्रमणको उद्देश्य जमजम पर्फ्युम्सको पहिलो आधिकारिक नेपाली आउटलेट उद्घाटन थियो। सुन्धारास्थित सिभिल मलमा ग्राण्ड लन्चपछि उनीहरूले नेपाली फ्यानलाई धन्यवाद दिँदै फेरि आउने वाचा गरे।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस