२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

दुई दिनको बिदा खारेज हुन्छ भन्ने प्रश्नमा कानून मन्त्रीको यस्तो जवाफ

काठमाडौं – राष्ट्रिय सभामा नेकपा सांसद विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय असफल भएको भन्दै पुनः एक दिनमा फर्किन माग गरेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार तत्काल पुनरावलोकन गर्ने तयारी नरहेको बताएकी छन्। उनले कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा खर्चमा मितव्ययिता, आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई टेवा दिन दुई दिनको बिदा प्रभावकारी भएको दाबी गरिन्। बिहान ९ बजेदेखि कार्यालय खुल्ने व्यवस्थाले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल बढेको उनको भनाइ छ।

सांसद विश्वकर्माले दुई दिनको बिदाले शिक्षा, व्यापार र सरकारी सेवामा असर परेको, पाठ्यक्रम नसकिने जोखिम र विद्यार्थीमा असुरक्षा बढ्ने चेतावनी दिए। तर मन्त्री गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताइन्।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस