काठमाडौं – एनसेलले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत हिजो मात्रै ५०० करोड रुपैयाँ नेपाल सरकारलाई भुक्तानी गरेको छ। सतिशलाल आचार्य र उनकी पत्नी भावना सिंह श्रेष्ठको लगानी रहेको कम्पनीले कर तथा शुल्कबापत हालसम्म झन्डै ३ खर्ब ७५ अर्ब रुपैयाँ योगदान गरिसकेको छ।
नवीकरण दस्तुरको बाँकी किस्ता ४ अर्ब २५ करोडसहित ब्याज रकम पनि बुझाइएको छ। विगत दुई दशकदेखि दूरसञ्चार सेवामा सक्रिय एनसेलले करमा कुनै वक्यौता नरहेको स्पष्ट भएको छ। यद्यपी यसअघिका सरकारले दिएको करछुटको विषय अनुशन्धानमा गएको छ । यसमा प्रधानमन्त्री बालेन शाहले नै कडा एक्शन लिएका थिए ।
प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार

