काठमाडौं – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २२९ पहिचान नभएका शवलाई आजदेखि देवघाटमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएका छन्। बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
प्रशासनले सूचनामा उल्लेख गरेअनुसार शव व्यवस्थापनअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। पहिचान हुन नसकेका शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनीपछि जिल्ला सुरक्षा समितिले शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ अनुसार जमिनमुनि गाड्ने निर्णय गरेको हो। भरतपुर–९ देवघाटस्थित खुला स्थानमा आजैदेखि शव व्यवस्थापन सुरु हुने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार

