झापा । झापाको काँकडभिट्टाबाट २२ थान मानव खप्पर सहति एक व्यक्ति पक्राउ परेका छन् । काभ्रे मण्डन देउपुर नगरपालिका ८ निवासी ५२ वर्षीया सोम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट रिक्सामा लुकाएर ल्याउँदै गरेको २२ खप्पर सहित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिएका छन् ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

 

सम्बन्धित खबरहरु