Janaboli Rashifal

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    काममा सफलता पाउन प्रतिस्पर्धा गर्नुपर्नेछ। अरूबाट आलोचना हुने भएकाले संयमित रहनुहोला। कुरा काट्ने प्रशंसा गर्न थाल्नेछन्।
  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    लेखनमा मन लाग्नेछ। उत्साह र हर्ष बढ्नेछ। न्यायिक कार्यमा अल्झन आउनेछ। भाग्य कमजोर रहेको हुँदा कार्य अधुरा रहनेछन्।
  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    धार्मिक भावनाको विकास हुनेछ। अनावश्यक समस्याले सताउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक वृद्धि हुने देखिन्छ। प्रेम प्रसंग चल्नसक्छ।
  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अधुरा कार्य पूरा हुनुका साथै नवीन कार्यको थालनी हुनेछ। मानसिक अस्थिरता रहनेछ। व्यापार व्यवसायका लागि समय उत्तम छ।
  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धर्मकर्ममा रुचि बढ्नेछ। अग्निभयको सम्भावना छ। राजनीतिक अस्थिरता बढ्नेछ। कार्य असफल रहनेछन्।
  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    भाग्यले साथ दिनेछ। धनलाभ हुनुका साथै काममा सुधार आउनेछ। पारिवारिक मेल मिलाप बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सम्मान प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यमा गरिएका प्रयासहरू फलदायी रहनेछन्।
  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बोलीको प्रभाव बढ्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। दिनको पूर्वाद्र्धमा लेनदेन नगर्नु होला। विश्वास गरेकाले धोका दिनेछन्।
  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्ने योग छ।
  • मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    अध्ययनअध्यापनमा मन लाग्ने छैन। स्वास्थ्यमा आंशिक सुधार हुनेछ। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। मनमा अनावश्यक चिन्ता बढ्नेछ।
  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आयआर्जनमा अवरोध आउने देखिन्छ। रमाइलो यात्राको अवसर मिल्नेछ। विलासिताका वस्तु खरिदबिक्रीको योग छ।
  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ।

सम्बन्धित खबरहरु