विश्वकप क्रिकेट : पाकिस्तान अष्ट्रेलियासँग ६ विकेटले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ६ चैत, २०७१

जनबोली/ ६ चैत, काठमाडौं । विश्वकप क्रिकेट नक आउट चरणको तेस्रो क्वाटरफाईनलमा पाकिस्तान अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन मात्र जोडेको थियो । पाकिस्तानको खराब सुरुवातले दबाबमा पार्दै अष्ट्रेलियाले झिनो लक्ष्य पाएको हो । उक्त लक्ष्यलाई अष्ट्रेलियाले ९७ बल बाँकी हुँदै पुरा गरेपछि पाकिस्तानले पराजय बेहोर्नु पर्यो ।

पाकिस्तानका लागि हरिस सोहिलले र्विाधिक ४१ रन बनाए । कप्तान मिसबाह ३४, शोएब मक्सुद २९, शाहिद अफ्रिदी २३, उमर अकमल २०, वाहव रियाज १६, एहसान अडिल १५, सर्फ्राज अह्मदले १० रन जोड्दा अन्यले भने दोहोरो खाता खोल्न सकेनन् ।

अष्ट्रेलियाका लागि ह्याज्लेउडले ४ विकेट लिए, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले २–२ विकेट लिँदा मिचेल जोन्सन र जेम्स फ्लक्नरले १–१ विकेट बाँडेका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७