गुणस्तरहिन सामाग्री आपुर्तिले प्राधिकरणलाई करोडौँको घाटा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Nepal-electricity-authority NEAकाठमाडौं । गुणस्तरहीन ट्रान्सफर आपूर्ति गरेर विद्युत् प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सान गराएको सिचुवान डोङफोङ ट्रान्सफरमर कम्पनीले कुनै क्षतिपूर्ति रकम तिर्नु नपर्ने र साधारण मर्मतमात्र गर्नेगरी मध्यस्थकर्ताले फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ उक्त कम्पनीबाट करिब १२ करोड रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेर विशेष अदालतमा मुद्दा चलाएको एक वर्ष नपुग्दै मध्यस्थकर्ताको यो फैसला आएको हो ।

प्राधिकरणले कम्पनीले आपूर्ति गरेका ट्रान्सफरमरहरू करारमा तोकिएको गुणस्तरभन्दा फरक परेकाले उसले दायित्व वहन नगरेको र जानाजान करार उल्लंघन गरेको भन्दै सबै ट्रान्सफरमर सट्टा गर्नुपर्ने, कमसल सामानका कारण प्राधिकरणलाई पुगेको क्षतिपूर्ति गर्नुपर्ने माग गर्दै मध्यस्थमा निवेदन दिएको थियो।

प्राधिकरणले त्यस्तो क्षतिपूर्ति १७ जुलाई २०११ देखि ३० सेप्टेम्बर २०१४ सम्म प्रतिमहिना चार हजार एक सय १० अमेरिकी डलरका दरले तीन लाख २३ हजार सात सय ८७ डलरसमेत दिनुपर्ने तथा अन्य मध्यस्थकर्तालगायत खर्च भरिपाउनुपर्ने जिकिर लिएको थियो । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु