निजामति सेवामा महिलाको संख्या दोब्बरले वृद्धि

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Mahila Posak karmachariकाठमाडौं । सात वर्षअघिसम्म निजामती सेवामा महिलाको उपस्थिति दर मुस्किलले आठ प्रतिशत मात्रै थियो । तर, हाल भने यो संख्या बढेर १७ दशमलव २९ प्रतिशत पुगेको छ ।

आरक्षणसम्बन्धी व्यवस्थाकै कारण निजामती सेवामा महिलाको संख्या दोब्बर भएको सरकारी अधिकारीहरुको भनाइ छ ।

निजामती किताबखानाका अनुसार हाल निजामती सेवामा कर्मचारी संख्या जम्मा ८१ हजार ६ सय ५७ छ । जसमा पुरुषको संख्या ६७ हजार पाँच सय ४० र महिलाको संख्या १४ हजार एक सय १७ छ ।

यसअनुसार निजामती सेवामा पुरुषको उपस्थिति ८२ दशमलब ७१ प्रतिशत र महिलाको १७ दशमलब २९ प्रतिशत रहेको छ । सात वर्षअघि निजामती सेवामा महिलाको उपस्थिति जम्मा ६ हजार मात्रै थियो ।

सरकारले ०६४ मा निजामति सेवा ऐनमा संसोधन गरी आरक्षण कोटा निर्धारण गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु