J.K.-Rowling Harry Potterकाठमाडौं । विश्वमा सबैभन्दा बढी बिक्री भएको उपन्यास ‘ह्यारी पोर्टर’ की लेखिका जेके रोलिङलाई आफ्नै अगाडि देख्दा ललितपुरस्थित द ब्रिटिस स्कुलका विद्यार्थी चकित परे ।

आफूले पढेको विश्वविख्यात उपन्यासकी लेखिकालाई प्रत्यक्ष देख्नासाथ कति विद्यार्थी चिच्याए, कति रोए त कतिले आफैंलाई विश्वास गर्न सकेनन् ।

‘विद्यार्थीलाई जानकारी थिएन,’ द ब्रिटिस स्कुलकी कक्षा ९ मा अध्ययनरत डोमा शेर्पाले भनिन्, ‘बालबालिकामा आधारित उपन्यास ह्यारी पोर्टर प्रायः सबैले पढेकाले जेके जेलिङलाई आफ्नै अगाडि देख्दा विद्यार्थी एक्कासी उत्तेजित भएर चिच्याए ,रोए । एकछिन त हामी सक्ड भयौं ।’

स्कुलमा पुष्पगुच्छाले स्वागत गरेपछि बेलायती लेखिका रोलिङले आफ्नो कुरा राखेकी थिइन् । उनले उनको जीवन,संघर्ष,लेखनयात्रा आदिका बारेमा विद्यार्थीले राखेका जिज्ञासाको उत्तर दिइन् । अनि आफ्नो चर्चित उपन्यास ह्यारी पहिलो शृंखलाको केही अंश पढेर सुनाइन् ।

डोमा शेर्पाका अनुसार उनले लगभग एक घन्टा विद्यार्थीसँग बिताएकी थिइन् । स्कुलको आधिकारिक वेबसाईटमा उल्लेख गरिएअनुसार रोलिङ विद्यार्थीको जिज्ञासा सुन्न र उत्तर दिन निकै उत्साहित देखिएकी थिइन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु