एसिड पीडित संगीताकी आमाले भनिन्, ‘भगवानले मेरो पुकारा सुने’

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Chameli Magar feeds her daughter Sangita Magar, 16, on the bed of a hospital as she undergoes treatment after an unidentified person attacked her with a bottle of acid in Kathmanduकाठमाडौं । एसिड आक्रमण्ँमा परेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी संगीता पुलामी मगरकी आमा चमेलीले घटनाका दोषी पक्राउ परुन् भनेर आफूले दिनरात भगवानसित प्रार्थना गरेको र भगवानले आफ्नो पुकारा सुनेको बताएकी छन् ।

यो घटनामा आफ्नो छोरीको कुनै दोष नभएको उल्लेख गर्दै उनले छोरीको खुसी पहिले जस्तो हुने या नहुने भनेर चिन्ता लागेको बताइन् । ‘आक्रमणकारी पक्राउ परेकोमा म खुसी छु,’ चमेलीले भनिन् ।

त्यस्तै संगीतासँगै आक्रमणमा परेर वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेतकी आमा सीताले एसिड आक्रमणकारी पक्राउ परेकामा खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘ढिलोचाँडो न्याय पाइँदो रहेछ,’ उनले भनिन् । एसिड आक्रमणबारे त्रिवि शिक्षण अस्पतालकी मनोचिकित्सक मनीषा चापागाईले एकदुईजनाले यस्तो गतिविधि गर्दैमा त्यसलाई आम रुपमा लिन नहुने बताईन । अन्नपूर्णपोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु