एमाओवादीसहित विपक्षी मोर्चा र सत्तापक्षबीच घोचपेच जारी

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

bipkashi morchaकाठमाडौं । एमाओवादीसहितको विपक्षी मोर्चा र सत्तापक्षबीच बाहिर घोचपेच जारी रहेपनि दोस्रो तहका नेताहरुबीच छलफल सुरु भएको छ ।

सत्तापक्षले आन्दोलन स्थगित गर्न र विपक्षी मोर्चाले प्रक्रिया अघि बनडाउन गरेका दुवै विषय निष्क्रिय अवस्थामा भएका बेला यस्तो छलफल सुरु भएको हो ।

काँग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुका अनुसार विपक्षीको आन्दोलन सुरु नहुँदैको अवस्थामा सहमति जुटाउने गरी अनौपचारिक तहमा छलफल भइरहेको हो ।

शुक्रबारै पनि काँग्रेस नेता एवं कानुनमन्त्री नरहरी आचार्यको निवासमा एमाओवादी महासचिव महरासँग छलफल भएको थियो ।

कानुनमन्त्री आचार्य र वनमन्त्री महेश आचार्यले जेठ १५ मा संविधान जारी गर्नेगरी संघीयताका विभिन्न विकल्पमा छलफल चलाएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु