क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील कोइराला मोटाए

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

susil koiralaकाठमाडौं । क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील कोइराला मोटाएका छन् । उनको तौल ६ महिनामा १२ किलो बढेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.करबीरनाथ योगीका अनुसार असोजसम्म कोइरालाको तौत ५२ केजी थियो । अहिले बढेर ६४ केजी पुगेको छ ।

तर, तौल बढ्दै गएकोमा उनी खुसी छैनन् । ‘बढ्दो तौलले उहाँलाई खुसी दिएको छैन’, डा.योगी भन्छन्, ‘यसरी तौल बढ्दै गयो भने थप समस्या होला भन्ने चिन्ताले पनि होला बेलाबखत तौल घटाउने उपाय सोधिखोजी गर्नुहुन्छ ।’

फोक्सोमा क्यान्सर भएपछि प्रधानमन्त्री कोइराला २ असारमा उपचारका लागि अमेरिका गएका थिए । न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पतालमा झण्डै एक महिना लामो उपचार पछि उनी ६ साउनमा नेपाल फर्किएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७