आठ दिनदेखि अवरुद्ध राजधानीको फोहोर दुई दिनभित्र उठाउने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

kathmandu-fohor-24काठमाडौ । राजधानीबाट फोहर लिएर गएको ट्रक डोजरको अभावमा शुक्रबार दिनभर सिसडोल ल्याण्डफिल्ड साइटमा रोकिनुपरेको छ ।

आठ दिनदेखि अवरुद्ध राजधानीको फोहोर दुई दिनभित्र उठाउन मन्त्रीपरिषदले काठमाडौ महानगरपालिका लगायत काठमाडौका सम्पूर्ण नगरपालिकालाई विहीबार निर्देशन दिए पनि साइटमा डोजर नहुँदा ट्रकबाट फोहोर अनलोड गर्न आठ घण्टा लागेको अन्नपूर्ण पोष्टमा खबर छ ।

फोहोर संकलन गरी निजी क्षेत्रको ट्रक विहान साढेढ पाँच बजे सिसडोल पुगेको थियो । सरकारका मुख्य सचिव लीलामणि पौडेलको उपस्थितिमा शुक्रवार दिउँसो बसेको बैठकले पनि निर्णय भएको २४ घण्टाभित्र उपत्याकामा थुपि्रएको फोहोर ब्यवस्थापन गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।

वातावरण संरक्षण गैरसरकारी संस्था महासंघ (नेप्सेम्याक)सँग आवद्ध निजी क्षेत्रबाट फोहोरमैला संकलन र ब्यवस्थापन गर्ने संघसंस्थाको संख्या ४० छन् भने साइट पुर्याउन तिनले ४० वटा ट्रकको प्रयोग गर्दै आएका छन् । उपत्यकाभित्र उत्पादन हुने पाँच सय टन फोहोर निजी क्षेत्रले संकलन र ब्यवस्थापन गर्दै आएको नेप्सेम्याकको दावी छ । साइटमा फोहोर पुर्याउने अधिकांश टिपरलाई अनलोडका लागि डोजरको सहयोग चाहिन्छ ।

सम्बन्धित खबरहरु