पोर्चुगिज क्लब एफसी पोर्तोले जर्मन जाइन्ट बार्यन म्युनिकको सामना गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

UEFA Championsकाठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम आठको ड्र सार्वजनिक भएको छ । शुक्रबार स्विजरल्याण्डको न्योनमा भव्य समहारोहबीच ड्र सार्वजनिक भएको हो ।

स्पानिस क्लब बार्सीलाेना तथा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् । त्यसैगरी एथलेटिकको मड्रिडले घरेलु प्रतिद्धन्दि रियल मड्रिड पाएको छ ।

दुई पटकको विजेता पोर्चुगिज क्लब एफसी पोर्तोले जर्मन जाइन्ट बार्यन म्युनिकको सामना गर्ने छ ।

त्यस्तै फ्रान्सको मोनाकोले इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्ने छ ।

स्पेनका तीन वटा फ्रान्सका २ वटा, जर्मनी, इटाली, पोर्चुगलको एक/ एक क्लब अन्तिम आठमा पुगेका छन् । २२ अप्रिलमा फाइनल खेल जर्मनीको बर्लिनमा हुनेछ  ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७