पेले भन्छन्– रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Peleब्राजिलियन फुटबल लेजेन्ड पेलेले क्रिष्टियानो रोनाल्डोभन्दा लिओनल मेस्सी उत्कृष्ट भएको बताएका छन् ।

इएल क्लासिकोअघि रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्ने बहस चलेको छ । र, त्यसबाट पेले पनि टाढा रहेनन् ।

स्पेनिस ला लिगाको सिजनको अन्तिम इएल क्लासिको भिडन्त आइतबार छ । बार्सिलोना र रियल मड्रिडको यो भिडन्तले उपाधि होड समेत निर्धारण गर्नेछ ।

‘अहिलेको समयमा दुई उत्कष्ट रोनाल्डो र मेस्सी नै हुन्’ पेलले भने–‘दुई मध्ये को उत्कृष्ट ? भन्दा मेस्सी पछिल्लो १० वर्षदेखि उत्कृष्ट छन् ।’

मेस्सीले लगातार १० वर्ष एउटै स्तरको खेल प्रदर्शन गरेको भन्दै उनले भने–‘यो ठूलो कुुरा हो । उनले कहिल्यै खराव खेलेनन् र धेरै शान्त छन् ।’

उनले अघि भने–‘रोनाल्डो एक स्ट्राइकर हुन, जसले गोल गर्छन् । तर, मस्सी त्यो पनि गर्छन् र असिस्ट पनि गर्छन् । त्यसैले मेस्सी उत्कृष्ट हुन् ।’

सम्बन्धित खबरहरु