विश्वकप क्रिकेट २०१५ को अन्तिम तथा चौथो क्वार्टरफाइनलमा वेष्टइन्डिजले सहआयोजक न्यूजिल्याडको सामना गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

ICC WC 2015 NEW vs WIविश्वकप क्रिकेट २०१५ को अन्तिम तथा चौथो क्वार्टरफाइनलमा वेष्टइन्डिजले सहआयोजक न्यूजिल्याडको सामना गर्दैछ ।

यो खेललाई बिग हिटर ब्रेन्डन म्याकुलम र क्रिस गेलबीचको भिडन्तका रुपमा पनि हेरिएको छ । दुबै ब्याट्म्यान आफ्नो टीमलाई चाहिएको बेला ठुलो इनिङ खेल्ने क्षमता राख्छन् ।

जारी विश्वकपको प्रर्दशन

घरेलु टोली न्यूजिल्याण्डले समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । उसले समूह चरणका खेलमा बलियो टोली अष्ट्रेलियाका साथै श्रीलंका, इंग्ल्याण्ड जस्ता टीमलाई हराएको छ ।

वेस्टइन्डिजले भने विश्वकप हारबाट सुरु गर्‍यो । जिम्बाबेबिरुद्ध कीर्तिमानी जित निकालको क्यारिबियन टीम भारत र दक्षिण अफ्रिकाबिरुद्ध चुक्यो भने पाकिस्तानलाई हरायो ।

वर्ल्डकप हेड टु हेड- न्यूजिल्याण्डः ३ वेस्ट इन्डिजः ३

अहिलेसम्म विश्वकपमा ६ पटक न्यूजिल्याण्ड र वेस्टइन्डिज भिडेका छन् । विश्वकपका सुरुका २ भेटमा वेस्टइन्डिजले न्यूजिल्याण्डलाई हराएको थियो ।

त्यसपछिको अर्को भेटमा न्यूजिल्याण्डले बाजी मारेको थियो । चौथो भेटमा भने वेस्ट इन्डिज विजयी भयो । सन् २००३ र २००७ मा भएको भेटमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई हराएको थियो ।

ब्याट्म्यान टु वाच

क्रिस गेलः विश्वकपमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बन्दा गेलले जिम्बाबेबिरुद्ध २१५ रन बनाएका थिए । जारी प्रतियागितामा त्यसबाहेक अन्य खेलमा भने गेल चल्न सकेका छैनन् ।

वेस्टइन्डिजको ब्याटिङ गेलमै भर पर्नैछ ।

ब्रेन्डन म्याकुलमः किविज कप्तान म्याकुलम जारी प्रतियागितामा राम्रो लयमा देखिएका छन् । इनिङको सुरुवातदेखि नै आक्रामक बन्ने उनले शतक भने बनाउन सकेका छैनन् ।

सानो लक्ष्य चेज गर्दा उनी निकै प्रभावकारी देखिएका छन् ।

बलरर्स टु वाच

जेसन होलडरः जारी प्रतियोगितामा वेस्ट इन्डिजको बलिङ खासै चलेको छैन । यद्यपि कप्तान होल्डर पछिल्ला खेलमा केहि लयमा देखिएका छन् । जारी विश्वकपमा उनले ९ विकेट लिइसकेका छन् । बललाई बाउन्स गर्न सक्ने उनको क्षमता न्यूजिल्याण्डका लागि घातक बन्नसक्छ ।

डानीयल भिट्टोरीः जारी प्रतियोगितामा टे्रन्ट बोलट र टीम साउदी राम्रो लयमा देखिएका छन् । तर, स्पिन बलिङमा भिट्टोरीको योगदानलाई कम आँक्न मिल्दैन । जारी प्रतियागितामा उनले १३ विकेट लिइसकेका छन् ।

सम्बन्धित खबरहरु