Janaboli Rashifalवि.सं.२०७१ साल चैत ७ गते। शनिबार। इश्वी सन् २०१५ मार्च २१ तारिख। नेपाल संवत् ११३५ चौलाथ्व।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। धैर्यसाथ काम लिनुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला। परिवारजनको भरण–पोषण वा आवश्यकता पूर्तिमा खर्च बढ्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममै अल्झनुपर्ने समय छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। धर्मकर्ममा मन जाला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। प्रयत्न गर्दा व्यावसायिक काम यथावत् बन्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। व्यावसायिक काममा थप प्रोत्साहन पाइनेछ। व्यापार–व्यवसायमा विशेष लाभ होला। यात्रा पनि सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रेमको बन्धन पनि कसिने बेला छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। धैर्यले काम लिने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सहयोगले फाइदा होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

पुरानो समस्याले केही झमेला आइलाग्ला। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। नयाँ काममा हात हाल्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ।विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

सम्बन्धित खबरहरु