अम्पायरिङ विवाद दुर्भाग्यपूर्ण : आईसीसी

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Bangladesh v Scotland - 2015 ICC Cricket World Cupविश्वकपको  दोस्रो क्वार्टरफाइनलमा भारत र बंगलादेशको खेलका क्रममा अम्पायरिङलाई लिएर सुरु भएको विवाद साम्य हुने देखिएको छैन ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष मुस्तफा कमालले अम्पायरिङको आलोचना गरेका थिए । अब भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मुस्तफा कमालले यो मुद्दा आइसीसीमा राख्नु पर्ने बकताएको छ ।

आाइसीसीका मुख्य कार्यकारी अधिकृत डेभिड रिचर्डसनले एक बक्तब्य जारी गर्दै अम्पायरको समर्थन गरेका छन् । कमालको बयान उनको निजी बिचार भएको उनले बताएको बीबीसीले जनाएको छ ।

उनले मुस्तफाको बयानलाई दूर्भाग्यपूर्ण भनेका छन् । आइसीसीका अध्यक्षका रुपमा खेल अधिकारीहरुको आलोचना गर्दा खेल अधिकारीको इमान्दारितामा प्रश्न उठाउन नपाइने कुरा ध्यान दिनु पर्ने उनले बताए ।

रिचर्ड्सनले आफ्नो बक्तब्यमा अम्पायरको निर्णय ५०/५० रहेको तर, अम्पायरको फैसला अन्तिम हुने र त्यसको सम्मान गर्नु पर्ने क्रिकेटको भावना रहेको बताए ।

बीसीसीआई सचिव अनुराग ठाकुरले यो गम्भीर मुद्दालाई आइसीसीमा उठाउन मुस्तफा कमाललाई सल्लाह दिएका छन् ।

दोस्रो क्वार्टरफाइनलमा भारतले बंगलादेशलाई १०९ रनको फराकिलो जित हात पारेको थियो । भारतको जितमा रोहित शर्माले १३७ रन बनाए ।

रोहित व्यक्तिगत ९० रनमा रहँदा रुबेल हुसेनले क्याच लिएका थिए । तर, अम्पायर अलिम दार र इयान गोल्डले नो बलको इशारा गरे ।

बंगलादेशका समस्र्थक स्टार ब्याट्सम्यान महमुदुल्लाहलाई आउट दिएकोमा पनि आक्रोसित थिए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७