यमनमा ‘आइएस’ले आत्माघाती विस्फोटबाट लियो १ सय ३७ जनाको ज्यान

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१
(एजेन्सी) / ७ चैत्र, काठमाडौं । यमनको राजधानी सनाको दुई मस्जिदमा इस्लामिक अतिवादी संगठन ‘आइएस’ले गराएको दुई आत्मघाती विस्फोटमा १ सय ३७ जना मारिएका छन् ।

विस्फोट मुस्लिम धर्मालम्बीहरु नमाज गर्दै रहेका समयमा गराइएकाले क्षति बढी भएको बताइएको छ ।

३ जना आत्मघाती व्यक्तिले एकसाथ आक्रमण गरेका थिए । दुबै मस्जिदको प्रयोग शिया विद्रोहीका समर्थकले गर्ने गरेको पनि बताइएको छ ।

‘हुती’को नामले परिचित यी शिया विद्रोहीले गत वर्ष सनामाथि कब्जा गरेका थिए । हालैका दिनमा सनामा अतिवादी गूटहरुबीच तनाब बढेको बताइएको छ । (एजेन्सी)

सम्बन्धित खबरहरु